इन्डोनेसियामा चेल्सीको शानदार जित, एसी मिलान ३–० ले पराजित
nagariknews.nagariknetwork.com · Sun Aug 09 05:01:19 GMT 2026
चेल्सीले शनिबार इन्डोनेसियामा भएको पूर्वसिजन मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३–० ले पराजित गरेको छ। चेल्सीको जितमा जोआओ पेड्रो र मोइसिस काइसेडो चम्किए।
खेलको पहिलो हाफको अतिरिक्त समयमा पेड्रोले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। कर्नरबाट आएको बलमा पेड्रोले उत्कृष्ट फिनिसिङ गरेका थिए। दोस्रो हाफ सुरु भएको एक मिनेटमै पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० मा पुर्याए। त्यसपछि ५०औँ मिनेटमा काइसेडोले उत्कृष्ट भली गोल गर्दै चेल्सीको जित पक्का गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)