शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि वार्षिक १० लाख छात्रवृत्ति प्रदान
ratopati.com · Fri Jan 02 20:18:30 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ ।
नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका–७ निवासी भट्टलाई एमबीबीएस छात्रवृत्ति दिने निर्णय अनुरूप छात्रवृत्ति उपलब्ध गराइएको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । कार्यविधिअनुसार नगरपालिकाले भट्टलाई अध्ययन अवधिभर प्रत्येक वर्ष रु १० लाखका दरले छात्रवृत्ति उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)