कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन
barnanmedia.com · Wed Feb 11 22:35:25 GMT 2026

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा बुधबार आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई उनले राष्ट्र र सङ्गठनप्रति थप जिम्मेवार भई काम गर्न निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)