मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सच्चा प्रतिनिधि छानौ

annapurnapost.com · Thu May 12 00:35:00 GMT 2022

स्थानीय तहमा जनप्रतिनिधि छनोट गर्ने दिन हो, भोलि। भोलिले हाम्रो भोलि अर्थात् भविष्य निर्धारण हुनेछ। हामी कस्ता व्यक्तिलाई आफ्ना प्रतिनिधि बनाउँछौं, त्यसैअनुसारको सेवासुविधा स्थानीय सरकारबाट पाउँछौं। ख्याल गर्नुपर्ने कुरा धेरै छन्। प्रत्येक मतदाताको मत अमूल्य छ। त्यही अमूल्य मतकै आधारमा कसैको जित वा कसैको हार हुन्छ। अर्थात्, आफ्नो भविष्यको हार र जितको निर्णय मतदाताकै हातमा छ। भ्रष्ट आचारको व्यक्तिलाई जनप्रतिनिधि बनायौं भने दुःख आफैंलाई हुन्छ। गाउँ र नगर अनि देशैलाई हुन्छ। गएको पाँच वर्षमा सबैभन्दाधेरै भ्रष्टाचार कहीँ भयो भने त्यो स्थानीय तहमा भयो भन्ने सरकारी तथ्यांकहरूले नै देखाइरहेका छन्।

अख्तियारमा उजुरीको चाङ स्थानीय तहकै भ्रष्टाचारको धेरै छ। उजुरी आफैंमा भ्रष्टाचारको प्रमाण होइन, तर हावा नचली पात हल्लिन्न नि। अख्तियारले प्रमाण जुटाएर दायर गरेका मुद्दामा पनि स्थानीय तहसँग सम्बन्धित नै धेरै छन्। अख्तियारमा परेको कुल उजुरीको ३३ प्रतिशत त स्थानीय तहको छ। अख्तियारले पछिल्लो एक वर्ष मात्रै ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाउँदा पाँच जना पालिका प्रमुख रहे। पाँच जना जनप्रतिनिधि घुससहित सप्रमाण पक्राउ परेका थिए। गएका पाँच वर्षमा प्रदेश १ मा मात्रै ४८ जना प्रतिनिधिविरुद्ध उजुरी परेको छ। ४५ जनाविरुद्ध मुद्दा चलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)