अनुदानमा भैँसी वितरणले किसान उत्साहित
reportersnepal.com · Sun Aug 09 05:23:48 GMT 2026
भोजपुर, २४ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सात लाख ५० हजार बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममार्फत १० किसान÷फार्मलाई लक्षित गरिए पनि प्रक्रियागत ढिलाइ र एउटा किसानले समयमै आवश्यक तयारी नगरेका कारण नौ किसान लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)