रास्वपाका बरिष्ठ नेता शाहले, कार्यतालिका फेर्दै सिमराबाट राजधानी फर्किए
barnanmedia.com · Wed Feb 11 22:49:51 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशको रोड-शो समापन गरी बुधबार साँझ राजधानी फर्किएका छन्। मंगलबार सडक मार्ग हुँदै सप्तरीबाट मधेश प्रवेश यात्रा सुरू गरेका शाह सिमरा विमानस्थलबाट साँझ ५ बजेको बुद्ध एयरको उडानमार्फत काठमाडौं फर्किएका हुन्।
बालेनको यो भ्रमण औपचारिक कार्यक्रम भन्दा पनि 'रोड-शो' र जनभेटघाटमा केन्द्रित थियो। सप्तरी, धनुषा र सर्लाही हुँदै बारा पुगेका शाहलाई हेर्न र उनीसँग तस्बिर खिचाउन राजमार्गका विभिन्न चोकहरूमा समर्थकहरूको बाक्लो उपस्थिति थियो। विशेषगरी युवाहरूले उनलाई 'परिवर्तनको संवाहक' भन्दै स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)