प्रदेशका बहुवर्षे योजनामा रकमान्तर
ekantipur.com · Sat Dec 24 17:09:09 GMT 2022
कास्की — गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले हालै मात्र दुईवटा विकास निर्माणका योजनामा बजेट रकमान्तर गरेको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार एक बहुवर्षे योजनाबाट अर्को बहुवर्षे योजनामा नै बजेट रकमान्तर गरिएको हो । उनले बहुवर्षे योजनाबाट सालबसाली योजनामा रकमान्तर गर्न नसकिने बताएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाअन्तर्गत चोरमारा–झ्यालबास–बसेनी–रुचाङरकुवा–डेढगाउँ हुँदै तनहुँ जोड्ने सडकलाई गण्डकी प्रदेश सरकारले ४ करोड २० लाख रुपैयाँ बजेट रकमान्तर गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा १ करोड रुपैयाँ विनियोजन भएको थियो । ‘अहिले ४ करोड २० लाख थपिएपछि यस योजनामा ५ करोड २० लाख बजेट पुग्यो,’ प्रवक्ता पौडेलले भने, ‘बहुवर्षे योजनाको बजेट बहुवर्षेमा नै रकमान्तर गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)