झापा–५ मा ओलीको मतदाता भेटघाट छैटौँ दिन पनि जारी
barnanmedia.com · Wed Feb 11 23:04:24 GMT 2026

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता भेटघाट कार्यक्रम छैटौँ दिन पनि निरन्तर जारी रहेको छ। माघ २३ गते झापा–५ आइपुग्नुभएका ओलीले क्षेत्रका विभिन्न वडामा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ।
एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले भेटघाटका क्रममा मतदातामा फैलिएको भनिएको ‘भ्रम’ चिर्ने प्रयास गर्नुका साथै पार्टीका स्थानीय नेताहरूले विगतमा मतदातासँग गरेको व्यवहारबारे पनि चासो लिँदै प्रतिक्रिया संकलन गरिरहनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)