क्यान्सर फैलिएपछि जो बाइडेनको बढ्यो पीडा, के भन्छन् छोरा हन्टर ?
annapurnapost.com · Sun Aug 09 05:45:14 GMT 2026

अमेरिका : अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको र उनी निकै पीडामा रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । हन्टर बाइडेनले बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा दिएको अन्तर्वार्तामा भने, ‘क्यान्सर उहाँको हड्डी र त्यसभन्दा बाहिरसम्म फैलिएको छ । यो निकै पीडादायी छ र धेरै हिसाबले कमजोर बनाउने अवस्था हो ।’
जो बाइडेनले सन् २०२५ को मे महिनामा, ह्वाइट हाउस छाडेको करिब चार महिनापछि आफूलाई प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए । त्यतिबेला उनले क्यान्सर हड्डीसम्म फैलिसकेको बताएका थिए । बाइडेनले सन् २०२० मा अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेका थिए र सन् २०२१ देखि २०२५ सम्म राष्ट्रपति पदमा रहेका थिए । उनको स्वास्थ्यलाई लिएर राष्ट्रपतित्वकालमै विभिन्न प्रश्न उठ्ने गरेका थिए । जो बाइडेन अहिले ८३ वर्षका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)