इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
barnanmedia.com · Sat Oct 10 19:15:00 GMT 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गर्नुभएको हो। उहाँले तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)