मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई साढे ४ अर्ब डलर दिने

ekantipur.com · Thu Nov 10 00:53:09 GMT 2022

वासिङ्टन — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न ४ अर्ब ५० करोड अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने भएको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणपछिको तीव्र मूल्यवृद्धिका कारण बंगलादेश पनि प्रभावित भएको छ ।

करिब १७ करोड जनसंख्या रहेको दक्षिण एसियाली राष्ट्रले यस वर्षको सुरुमा आईएमएफसँग सहयोगका लागि आग्रह गरेको थियो । जसअनुसार बुधबार प्रारम्भिक सम्झौता भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)