कप्तानगञ्ज घटनामा प्रहरीको अनुसन्धान जारी, ६ जना पक्राउ
kendrabindu.com · Sun Aug 09 06:08:24 GMT 2026

सुनसरी। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको अनुसन्धानका क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा उनीहरूको संलग्नता रहेको आशंकाका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको घटनामा रहेको भूमिका, संलग्नताको प्रकृति र अन्य पक्षबारे प्रहरीले आवश्यक छानबिन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)