पहिरोले तीन घरमा क्षति, पक्की पुलमा भ्वाङ
annapurnapost.com · Sun Aug 09 06:01:22 GMT 2026

नुवाकोट : अविरल वर्षातका कारण घरमाथिबाट आएको पहिरोले नुवाकोटको पूर्वी भेगमा रहेको भद्रुटारका विभिन्न घरमा क्षति पुगेको छ । नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने छोटो सडक मार्गको ढिकुरेको पुलमा भ्वाङ परेको छ । पञ्चकन्या गाउँपालिका–५, भद्रुटारको बैदेटोलमा भारी वर्षातका कारण आएको पहिरोले स्थानीय तीन घरमा क्षति पुर्याएको छ ।
पहिरोले स्थानीयबासी सुरेश थपलिया, उमेश थपलिया र श्याम थपलियाको घरमा क्षति गरेको जानकारी प्राप्त भएसँगै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) को नेतृत्वमा इलाका प्रहरी पञ्चकन्या, गाउँपालिका प्रहरी, गाउँपालिकाका कर्मचारीहरु तथा स्थानीयवासीहरू राति नै घटनास्थलमा पुगेर प्रारम्भिक उद्धार तथा संरक्षण गरिएको गापा अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)