शिवपुर सबस्टेशनमा जम्पर चुडिँदा विद्युत् प्रणालीमा आंशिक अवरोध, आपूर्ति पुनःस्थापित
arthadabali.com · Sun Aug 09 06:10:24 GMT 2026

काठमाडौँ / शिवपुर सबस्टेशनमा जम्पर कन्डक्टर चुडिँदा एकीकृत नेपाल विद्युत् प्रणाली (आईएनपीएस) मा आंशिक अवरोध उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार राति करिब १० बजे मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ अन्तर्गत पीटी र आइसोलेटर बीचको जम्पर कन्डक्टर चुडिएर ‘ओपन कन्डक्टर फल्ट’ भएपछि विद्युत् प्रणाली प्रभावित भएको हो ।
प्राधिकरणका अनुसार सर्किट–२ बन्द भएपछि सर्किट–१ मा अत्यधिक भार (ओभरलोड) परेको थियो । यसका कारण पश्चिमी क्षेत्रमा करिब १८० मेगावाट विद्युत् भार (लोड) गुम्न गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)