बन्द भएको ९ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खुल्यो, गाडी चापमा चल्दै
Ujyaaloonline.com · Sun Jul 09 00:30:34 GMT 2023
काठमाण्डाै - पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४ बजेदेखि सडक बन्द भएको थियो । ९ घण्टासम्म बन्द भएर खुलेकाले यो सडक खण्डमा अहिले गाडीको लामो लाइन छ । गाडी चापमा चलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)