सुधार केन्द्रमा एक जनाको मृत्यु
nepalnews.com · Sun Aug 09 06:19:52 GMT 2026

जनकपुरधाम। धनुषाको धनुषाधाम नगरपालिका–९ मा सञ्चालित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ स्थित सुभेक्षा फाउन्डेसन सुधार केन्द्र, धारापानीमा सुधारका लागि राखिएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने ३५ वर्षीय मोजिबुल राईन बिरामी भएपछि हिजो साँझ ५ बजे उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। साँझ साढे ६ बजे अस्पताल पुर्याइएका राईनलाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)