पूर्वका केही ठाउँमा ठूलो वर्षा : इलाम, झापा लगायतका ठाउँमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह
Ujyaaloonline.com · Fri Jul 29 00:31:46 GMT 2022
काठमाण्डाै - पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले तटीय डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)