मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलमान, रवि र बालेनबिचको वार्ता विफल

ratopati.com · Sun Dec 28 19:17:08 GMT 2025

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने उद्देश्यले पुनः सुरु गरिएको संवाद हालसम्म सहमतिमा पुग्न सकेको छैन । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन बनेको हो ।

आइतबार साँझ तीन नेताबिच छलफल भएको थियो । छलफल राति अबेरसम्म चले पनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा वार्ता विफल भएको स्रोतले जनाएको छ । रातोपाटीसँग सम्पर्कमा आएका उच्च स्रोतका अनुसार वार्तामा सहमति हुन नसके पनि संवादको सम्भावना भने अझै समाप्त भइसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)