युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट
barnanmedia.com · Sun Dec 28 19:15:01 GMT 2025

रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्नुहुने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेट्नुहुनेछ, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहनुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिनुभएको छ । पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ । भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)