इरानका सर्वोच्च नेता खामेनी मारिएको इजरायली सञ्चारमाध्यमको दाबी
ratopati.com · Sat Feb 28 20:14:23 GMT 2026

काठमाडौँ । इजरायली सञ्चारमाध्यम र समाचार संस्था रोयटर्सले इजरायली ‘वरिष्ठ’ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको रिपोर्ट सार्वजनिक गरेका छन् ।
यसैबिच, इरानको सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले खामेनी मारिएको भन्ने इजरायली रिपोर्टहरूको खण्डन गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ती अधिकारीले यसलाई देशका शत्रुहरूले फैलाएको ‘मानसिक युद्ध’ को संज्ञा दिएका छन् । उनले इजरायली रिपोर्टहरूपछि शत्रु पक्षले भ्रम फैलाउन यस्तो प्रचार गरेको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)