कोरियामा सहकर्मीको उद्धारका लागि ट्यांकीभित्र पसेका नेपालीको मृत्यु
annapurnapost.com · Sun Aug 09 06:41:19 GMT 2026

दक्षिण कोरिया : दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा रहेको सुँगुर फार्मको फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीमा श्रमिक फसेको भन्दै स्थानीय प्रहरीलाई सूचना प्राप्त भएको थियो । जेजु अग्नि सुरक्षा मुख्यालय र जेजु पश्चिमी प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार ३० वर्ष आसपासका भियतनामी श्रमिक ट्यांकीभित्र जडान गरिएको पानीमुनिको पम्पमा समस्या आएको छ कि छैन भनेर जाँच गर्न ट्यांकीभित्र प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)