कम्युनिस्ट एकताको चर्चा बीच डम्बर खतिवडाको कटाक्ष: ‘२०७४ को एकताले झन् ठूलो विभाजन जन्मायो’
barnanmedia.com · Tue Jun 30 02:58:24 GMT 2026

काठमाडौं: नेपालका कम्युनिस्ट दलहरूबीच पुनः एकताको चर्चा चलिरहेका बेला राजनीतिक विश्लेषक डम्बर खतिवडाले यस्तो प्रयासप्रति तीव्र आलोचना गरेका छन्। उनले कम्युनिस्ट नेताहरूको सम्भावित एकतालाई वैचारिक नभई सत्ता केन्द्रित प्रयासको रूपमा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले २०७४ सालको तत्कालीन कम्युनिस्ट एकताको उदाहरण स्मरण गरेका छन्। उनले लेखेका छन्, “मानौँ कि ओली, प्रचण्ड, माधव, झलनाथ, विद्या मिले, अनि के हुन्छ? जनमत फर्किन्छ कि झन् विकर्षित हुन्छ? २०७४ मा मिलेकै थिए, के भयो? एकताभन्दा ठूलो विभाजन? दुई पार्टी मिले, चार टुक्रा भयो।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)