मोबाइल सेवा सुधार्न टेलिकम र एनसेललाई प्राधिकरणको आठबुँदे निर्देशन
arthasansar.com · Sun Aug 09 07:10:39 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरसम्बन्धी उपभोक्ता गुनासो बढेपछि नेपाल टेलिकम र एनसेलसहितका सेवाप्रदायकलाई आठबुँदे निर्देशन जारी गरेको छ । दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम जारी गरिएको निर्देशनमा सेवा नपुगेका क्षेत्रहरूमा प्राथमिकताका साथ नेटवर्क विस्तार गर्न, फोरजी सेवाको पहुँच र गुणस्तर सुधार्न तथा औद्योगिक एवम् प्रमुख सहरी क्षेत्रमा उच्च गतिको ब्रोडब्यान्ड सेवा पुर्याउन भनिएको छ ।
साथै, प्रमुख सहरहरूमा फाइभजी सेवा प्रारम्भ गर्नका लागि आवश्यक चरणबद्ध योजना तयार गरी प्राधिकरणसमक्ष पेस गर्नसमेत सेवाप्रदायकहरूलाई निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)