जनताको गुनासो नआउने गरी काम गर्नुहोस्ः उपसभापति खड्का
dcnepal.com · Sun Jun 12 16:53:03 GMT 2022
बागलुङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताएका छन् । आइतबार कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षणमा उपसभापती खड्काले जनताबाट चुनिएका जनप्रतिनिधिले जनतालाई निराश नबनाउने गरी काम गरे मात्रै आगामी दिनमा पुनःजनताले जिताउने बताए ।
“जनप्रतिनिधि जनताको सेवक हो, भेदभाव नगरी सेवा दिएमा कांग्रेसलाई भोट नदिनेले दिन थाल्छन्”, खड्काले भने, “सत्तामा पुगेपछि जनताका कुरा नसुन्ने, सेवा दिनुको सट्टा दुःख दिने हो भने कांग्रेसलाई भोट दिएका रिसाउँछन्, त्यसैले जनप्रतिनिधिको काँधमा पार्टी रहेको हुन्छ, जनताको हितमा जनप्रतिनिधिले काम गरौँ ।” उनले जनप्रतिनिधि भएपछि राजनीतिक भेद्भाव नगरी जनतालाई सेवा दिन सके आगामी दिनमा जनतालाई भोट माग्नै नपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)