भाडा निर्धारणमा हेलिकोप्टर कम्पनीको सिन्डिकेट
nayapatrikadaily.com · Tue Feb 22 00:33:00 GMT 2022
यात्रुसँग अत्यधिक भाडा लिएर शोषण गर्दै आइरहेका हेलिकोप्टर कम्पनीहरूले मिलेमतोमा भाडादर तय गरी सिन्डिकेट लागू गर्न खोजेका छन् । हेलिकोप्टर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आएको दाबी गर्दै सञ्चालकहरूले न्यूनतम भाडा तोक्ने भद्र सहमति गरेका हुन् । हेलिकोप्टर अपरेटरबीच न्यूनतम भाडादर तोक्ने भद्र सहमति भइसकेको छ, तर निर्णय भने अझै सार्वजनिक गरिएको छैन ।
हेलिकोप्टर अपरेटरबीच नेपालीलाई प्रतिघन्टा १४ सय ५० अमेरिकी डलर र विदेशीलाई १८ सयदेखि दुई हजार डलरसम्म भाडादर तोक्ने भद्र सहमति भएको स्रोत बताउँछ । कोभिड महामारीमा पनि हेलिकोप्टर कम्पनीहरूले बिरामीसँग आफैँले तोकेको भन्दा दुई–तीन लाख रुपैयाँ बढी भाडा असुली गरी ठगी गरेका थिए । महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले बढी भाडा असुलेर अत्याचार गर्दा पनि सरकार अनुगमन र कारबाहीको जिम्मेवारीबाट अलग भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)