हुलास फिनसर्भको नाफा ८४.४५ प्रतिशतले बढ्यो, कर्जा पोर्टफोलियो १२ अर्ब २२ करोड
arthadabali.com · Sun Aug 09 07:23:01 GMT 2026

काठमाडौँ / हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८४.४५ प्रतिशतले बढेर रु. ३९ करोड ८७ लाख २० हजार पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रु. २१ करोड ६१ लाख ७० हजार खुद नाफा आर्जन गरेको थियो। एक वर्षमै नाफामा भएको उल्लेख्य वृद्धिले कम्पनीको वित्तीय प्रदर्शनमा सुधार आएको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)