राष्ट्रिय सम्मानसहित भक्तराजको अन्त्यष्टि
rajdhanidaily.com · Tue Feb 27 23:47:37 GMT 2024
काठमाडौं । भजन शिरोमणी एवम् अग्रज गायक–संगीतकार भक्तराज आचार्यको मँगलबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्यष्टी गरिएको छ । उनलाई पुत्रद्धय सत्यराज आचार्य, स्वरुपराज आचार्यले दागवती दिएका थिए । त्यसअघि प्रहरीको टोलीले राष्ट्रको तर्फबाट धुन बजाएर सलामी दिएका थिए । दमको समस्याको कारण सोमबार अपरान्ह करिब ४ः३० बजे उनको ८१ वर्षको उमेरमा निधन भएको थियो ।
अन्त्यष्टी अघि भजन शिरोमणिको पार्थिव शरीरलाई मँगलबार बिहान श्रद्धाञ्जलीको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नक्सालको प्राँगनमा राखिएको थियो । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्साल पुगेर भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रकाट गरे । प्रधानमन्त्री दाहालले भक्तराज प्रति श्रद्धाञ्जली अर्पण गर्दै भजन शिरोमणिको निधनले नेपाली संगीत क्षेत्रमा ठुलो क्षती पुगेकोे बताए । शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै भक्तराजको उपचारमा लागेको खर्च राज्यले बेहोर्ने आश्वासन पनि उनले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)