विभिन्न पार्टीद्वारा राहत तथा उद्धारमा खट्न आग्रह
nagariknews.nagariknetwork.com · Sat Oct 04 16:58:59 GMT 2025

निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न विभिन्न पार्टीले आग्रह गरेका छन्। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई विपद्का समयमा एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन्।
अध्यक्ष दाहालले शनिबार विज्ञप्ति जारी गरी मुलुकले सामना गरिरहेको विपद्मा तीनै तहका सरकारलाई युद्ध स्तरमा समन्वय र नेतृत्व गर्न तथा त्यसमा सहयोग गर्न पार्टी पङ्क्तिलगायत सबैलाई आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)