सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन गर्न सकिँदैन : ट्राफिक प्रहरी
ratopati.com · Sun Aug 09 07:53:39 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताएका छन् । आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए । सडक अनुशासन उल्लङ्घनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसँग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)