लुम्बिनी प्रदेशका ४४ वटा पालिकामा अध्ययन : २० हजारभन्दा बढी बाँदर
ratopati.com · Sun Aug 09 07:50:28 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका ४४ गाउँपालिकामा गरिएको अध्ययनका क्रममा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागमा कार्यरत प्राध्यापक डा. हरि शर्मा नेतृत्वको अनुसन्धान टोलीले गरेको अध्ययनका क्रममा प्रदेशका विभिन्न क्षेत्रमा तीन प्रजातिका बाँदर पाइने तथ्य सार्वजनिक भएको हो ।
अध्ययनका क्रममा रातो बाँदर, पहरे बाँदर र लङ्गुर बाँदर भेटिएको प्राध्यापक डा. शर्माले बताए । तीमध्ये रातो बाँदरले किसानलाई सबैभन्दा बढी दुःख दिने गरेको अध्ययनबाट पाइएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)