मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानद्वारा कतारमाथि मिसाइल प्रहार, ८ जना घाइते

ratopati.com · Sat Feb 28 21:30:56 GMT 2026

काठमाडौँ । इरानले आइतबार कतारलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन् । कतारको गृह मन्त्रालय का अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

गृह मन्त्रालयका जनसम्पर्क प्रमुख अब्दुल्लाह खलिफा अल–मुफ्ताहले टेलिभिजन सम्बोधनमार्फत कतारमा ६६ वटा मिसाइल प्रहार भएको पुष्टि गरे । उनका अनुसार देशभरका ११४ स्थानबाट मिसाइलका छर्राहरू खसेको रिपोर्ट प्राप्त भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)