विश्व आदिवासी दिवसमा काठमाडौंमा झाँकीसहितको र्याली
annapurnapost.com · Sun Aug 09 07:57:27 GMT 2026

काठमाडौं : ३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्यालीको आयोजना गरिएको छ । दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्याली निकालिएको छ ।
र्याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो । र्यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुति देखाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)