नेपालयले सार्वजनिक गर्यो २५ वर्षमुनिका ७५ युवा लेखकका कृति, नयाँ पुस्ताको साहित्यिक हस्तक्षेपको घोषणा
kalakarmi.com · Sun Aug 09 08:24:31 GMT 2026

काठमाडौं- नेपालयले २५ वर्षमुनिका ७५ युवा लेखकका कथा, कविता र निबन्ध संग्रह एक विशेष समारोहबीच सार्वजनिक गरेको छ । नेपालयको २० वर्षे प्रकाशन यात्राको अवसरमा आयोजना गरिएको ‘नेपालय साहित्य उत्सव’मा २५ कथाकार, २५ कवि र २५ निबन्धकारका कृति लोकार्पण गरिएको हो ।
कालिकास्थित नेपालयको आरशालामा सम्पन्न कार्यक्रममा युवा लेखकहरूको उल्लेख्य सहभागिता देखिएको थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा अध्यापनरत लेखिका अलका आत्रेय चूडालले युवामा साहित्यप्रतिको उत्साह प्रेरणादायी रहेको बताउँदै उनीहरू किताब किन्ने, पढ्ने र साहित्यबारे जिज्ञासा राख्ने दृश्य सुखद भएको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)