रौतहटमा सबैभन्दा बढी ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा
shilapatra.com · Sat Oct 04 17:36:00 GMT 2025

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो आज राति ८ः३० बजेको अध्यावधिक विवरण हो ।
पछिल्लो २४ घण्टाको तथ्यंक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो । बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)