बैंकको कर्जा कडाइपछि आईपीओतर्फ कम्पनीहरुको आकर्षण, प्रिमियम र बुक बिल्डिङमा भने चुनौती
aarthiknews.com

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न कठिन बन्दै गएपछि नेपालका साना तथा ठूला कम्पनीहरु पूँजी जुटाउने वैकल्पिक माध्यमका रुपमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) तर्फ आकर्षित हुन थालेका छन् । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो बैंकिङ क्षेत्रसम्बन्धी अध्ययनले वर्किङ क्यापिटल मार्गदर्शन लागू भएपछि कर्जा बजारमा आएको कडाइले कम्पनीहरुलाई इक्विटीमार्फत पूँजी जुटाउन प्रेरित गरेको निष्कर्ष निकालेको छ ।
इक्राका अनुसार बैंकिङ प्रणालीमा अहिले पर्याप्त तरलता भए पनि बैंकहरुको कर्जा विस्तार अपेक्षाकृत सुस्त छ । अर्कोतर्फ धेरै व्यवसायी तथा कम्पनीहरु ऋणको भार घटाउन चाहिरहेका छन् । यही कारण विभिन्न क्षेत्रका कम्पनीहरुले आईपीओ निष्कासनको अनुमति माग्दै पूँजी बजारतर्फ ध्यान केन्द्रित गर्न थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)