पछिल्लो २४ घण्टामा रौतहट र पर्सामा अत्यधिक वर्षा
ratopati.com · Sat Oct 04 17:49:00 GMT 2025

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो शनिबार राति ८:३० बजेको अद्यावधिक विवरण हो ।
पछिल्लो २४ घण्टाको तथ्याङ्क विश्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरूमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो । बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ । ललितपुरमा पनि भारी वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)