महानगरद्वारा किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु
nepalsamaya.com · Wed Apr 05 16:04:00 GMT 2023
गण्डकी- पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ। कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो।
उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको हो। महानगरको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले सबै वडामा किसान सूचीकरण र वर्गीकरणको काम भइरहेको जानकारी दिए। उनले वडा नं २५ हेम्जाका किसानको सूचीकरण भइसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)