भूगोल जोड्दै आदिवासी-जनजाति, जोगाउँदै पहिचान र संस्कृति [फोटोफिचर]
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । ३२औँ विश्व आदिवासी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालको हिमाल, पहाड, तराई तथा भित्री मधेसका विभिन्न भूगोलमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा, कला, जीवनशैली र मौलिक पहिचान संरक्षण गर्दै दिवस मनाइरहेका छन्।
हिमाली क्षेत्रमा शेर्पा, भोटे, थकालीलगायत समुदायको आफ्नै मौलिक संस्कृति र परम्परा छ। पहाडी भूगोलमा गुरुङ, मगर, तामाङ, राई, लिम्बू, सुनुवार, नेवारलगायत आदिवासी जनजाति समुदायको बसोबास रहेको छ। त्यस्तै, तराई तथा भित्री मधेसमा थारू, राजवंशी, धिमाल, माझी, बोटे, दनुवारलगायत समुदायले आफ्नो मौलिक भाषा, संस्कार र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)