मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ

rajdhanidaily.com · Sat Oct 10 22:16:20 GMT 2026

काठमाडौं । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्दर्य थपिएको छ । साँझ परेसँगै झिलिमिली बत्तीले उज्यालिएका मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल पनि बढ्न थालेको छ ।

काठमाडौंका मैतीदेवी, नक्साल भगवतीलगायतका प्रमुख मन्दिरमा गरिएको आकर्षक सजावटले धार्मिक क्षेत्रलाई थप रमणीय बनाएको छ । दिनभर पूजाआजाका लागि भक्तजन आउने गरे पनि साँझको समयमा बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्ने, देवीदेवताको दर्शन गर्ने र परिवार तथा आफन्तसँग समय बिताउनेको उपस्थिति बढेको छ । झिलिमिली बत्तीले सिंगारिएका मन्दिर परिसर चाडपर्वको उल्लास र धार्मिक आस्थाको प्रतीकका रूपमा देखिन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)