कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
makalukhabar.com · Sun Aug 09 08:53:58 GMT 2026

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)