मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यानमा पर्यटनमन्त्रीको बदमासी : सिनियरलाई बाइपास गर्दै जुनियरलाई महानिर्देशक बनाएपछि असन्तुष्टि

kathmandupati.com · Fri Jan 21 17:56:32 GMT 2022

काठमाण्डु – पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशकको जिम्मेवारी कनिष्ठलाई दिइएको भन्दै विवाद उत्पन्न भएको छ । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गत पुस २५ मा उमेर हदका कारण अवकास पाएपछि पर्यटन मन्त्रालयले प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो ।

ठाकुरभन्दा अगाडी पांच जना सिनियर हुंदा हुंदै उनलाई निमित्त महानिर्देशक बनाइएपछि प्राधिकरणमा त्यसको चर्को विरोध भएको हो । उनिभन्दा सिनियर उपमहानिर्देशकहरु भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल छन् । तर, पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा ठाकुरलाई निमित्तको जिम्मेवारी दिएपछि उनिहरु त्यसमा असन्तुष्टि जनाएका हुन । ठाकुर दुई महिनाअघि मात्र १२ औं तहमा बढुवा भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)