स्की संघको बजेट ३४ लाख ८० हजार
onlinekhabar.com · Sun Aug 09 08:47:21 GMT 2026
२४ साउन, काठमाडौं । नेपाल स्की संघको सातौं साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपैयाँको वार्षिक बजेट पारित गरेको छ।
स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम र विन्टर ओलम्पिक्सको तयारीका लागि उक्त बजेट छुट्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)