इटहरीमा छ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण
barnanmedia.com · Sat Feb 28 22:22:10 GMT 2026

सङ्घीय, प्रदेश सरकार र स्थानीय तहको बजेटबाट मठमन्दिर निर्माण भएको हामीले हेरेको र बुझेको विषय हो । तर, निजी लगानीमा पनि ठूलो मन्दिर निर्माण गर्न सकिन्छ भने उदाहरण सुनसरी इटहरी उपमहानगरपालिका–१ आपगाछीका स्वर्गीय चन्द्रप्रसाद अधिकारीका परिवारजनले प्रस्तुत गर्नुभएको छ । अधिकारीका परिवारजनले रु छ करोड ६० लाख खर्चेर चन्देश्वर शिव मन्दिर निर्माण गरेका छन् ।
विसं २०३४ मा निधन भएका चन्द्रप्रसाद अधिकारीका सन्तानले मन्दिर निर्माण गरेका हुन् । मन्दिरको एक कार्यक्रमका बीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले समुद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)