'सुन कुरा'मार्फत हेमन्त रानाले ल्याए रित्तिँदै गएका गाउँको कथा (भिडिओ)
setopati.com · Sun Aug 09 09:09:00 GMT 2026

गायक हेमन्त रानाको नयाँ गीत 'सुन कुरा' सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवा र उनीहरूले छाडेर जाने परिवारको कथा यसमा समेटिएको छ। गीतको शब्द तथा संगीत पनि स्वयं रानाकै हो।
गीतले रोजगारीको खोजीमा गाउँ छाडेर विदेशिन बाध्य युवाको पीडा, एक्लिँदै गएका वृद्ध आमाबुबा, रित्तिँदै गएका गाउँ, बसाइँसराइले निम्त्याएको सामाजिक तथा भावनात्मक असर र बदलिँदो वातावरणीय अवस्थालाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)