‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु
annapurnapost.com · Sun Aug 09 09:09:47 GMT 2026

काठमाडौं : नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंकले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ विद्यमान बीवाईडी ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आज आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको छ र यो अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागु भएको कम्पनीले जनाएको छ। यो अभियानले ग्राहक यात्राको प्रत्येक चरणमा ‘सुपेरियर र सिन्सियर सर्भिस’ उपलब्ध गराउने बीवाईडी नेपालको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)