मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला शुरु

lokaantar.com · Wed Feb 15 23:21:46 GMT 2023

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ शुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा भएको मेलाको उद्घाटन बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरेकी हुन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताईन् । “नेपाली कच्चा पदार्थ प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनुका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, मन्त्री चौधरीले भनिन्, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान दिनुपर्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)