साथीको मृत्युपछि सुधार गृहबाट निस्केर प्रदर्शन
ekantipur.com · Tue Aug 22 01:06:53 GMT 2023
भक्तपुर — बाल सुधार गृह प्रशासनले एक बालकको उपचारमा बेवास्ता गरेकै कारण मृत्यु भएको भन्दै आक्रोशित सानोठिमीस्थित सुधार गृहका बालक र किशोर तोडफोडमा उत्रिएका छन् ।
ज्वरो र पिलो आएर थलिएका रामेछापका १९ वर्षीय किशोरलाई बेलैमा उपचार नगराउँदा मृत्यु भएको उनीहरूको आरोप छ । ‘बेलैमा उपचार गरिदिएको भए उनी बाँच्थे,’ सुधार गृहबाट निस्केर आफूले भोगेका समस्या सुनाउन थापाथलीस्थित कान्तिपुर कार्यालय आएका एक युवाले भने, ‘सुधार गृह प्रशासनले चिनेकालाई बेलैमा उपचार गराउँछ, औषधि दिन्छ, अरूलाई वास्तै गर्दैन । यस्तै समस्या अरूले भोग्न नपरोस् भनेर हामीले आन्दोलन गरेका हौं ।’ सुधार गृहको खाना पनि राम्रो नभएको उनले बताए । ‘तरकारी जे दिए पनि झोल मात्रै हुन्छ । सरकारले उपलब्ध गराएको बजेटले पनि राम्रो खाना खुवाउँदैनन्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)