छनोट भएको नेपालले खेल्न नपाउँदा जोर्डनले एसियन गेम्स खेल्ने
annapurnapost.com · Sun Aug 09 09:21:28 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स खेल्न छनोट चरण पार गरेको नेपालले खेल्न नपाउँदा नेपालको स्थानमा जोर्डनले पब्जी मोबाइलमा सहभागिता जनाउने भएको छ । भियतनाममा भएको एसियन गेम्सको छनोट चरण पार गरेको नेपालले राजनीतिक खिचातानीका कारण नाम दर्ता नै नभएको हो ।
एउटै खेलको २ संघ हुँदा छनोट चरण पार गरेको खेलको नाम एसियन गेम्स खेल्ने नेपालको टोलीमा दर्ता नै भएन । जसको फलस्वरुप नेपालका ५ खेलाडी सम्मिलित पब्जी मोबाइलको टोलीले एसियन गेम्स खेल्न नपाउने भएको छ । जापानको आइची नायोगामा हुने २० औं एसियन गेम्समा नेपालबाट २२ खेलबाट १३६ खेलाडीले सहभागीता जनाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)