विद्यालय शिक्षा ऐनको मस्यौदा- मस्यौदामा सातबुँदे संशोधन गर्नुपर्ने निजी शिक्षालयको माग
newsofnepal.com · Tue Aug 08 00:32:44 GMT 2023
काठमाडौं । विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन नगरे देशैभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका निजी शिक्षालयका संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसमक्ष सोमबार ७ बँुदे संशोधन प्रस्ताव पेस गरेका छन् ।
उनीहरूले ऐनको मस्यौदाको अध्ययन गरी संशोधन प्रस्ताव पेस गरेका हुन् । ती संगठनले आजबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई ७ बँुदे संशोधन प्रस्ताव पेस गर्ने भएका छन् । यसअघि आइतबार प्याब्सन कार्यालयमा बसेको बैठकले ७ बुँदे संशोधन प्रस्ताव तयार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)