सर्वसाधारण धम्क्याउँदै हिँड्ने तीन जना पेस्तोलसहित पक्राउ
onlinekhabar.com · Sun Aug 09 09:33:05 GMT 2026

२४ साउन, काठमाडौं । कपिलवस्तु प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुकै कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)